शुक्रबार, १६ चैत २०८०

बिजुलीका तार हटाउँन सरकारलाई तिन महिने अल्टिमेटम

समयपोष्ट २०७४ असार २० गते ८:२६

काठमाडौं उपत्यकाभित्र  रहेका बिजुली, केबल, फोन तथा इन्टरनेटका तार हटाउन व्यवस्थापिका संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको  छ । 

Advertisement

मंगलबार  बसेको  विकास समिति बैठकले सरकारलाई आगामी ३ महिनाभित्र अब्यवस्थित रुपमा रहेका तारहरुलाई अन्डरग्राउण्ड गर्न हटाउन  निर्देशन दिएको हो । 

विकास समितिको छलफलमा बोल्दै समितिका सभापति रविन्द्र अधिकारीले  तारहरु व्यवस्थित नहुँदा शहरनै कुरुप बनेकाले सरकारलार्इ तार अण्डरग्राउण्ड गर्न तिन महिनाको समय दिएको बताए । उनले भने, ‘३ महिनाभित्र सडकमा अव्यवस्थित रुपमा रहेका फोन तथा केबलका तारहरुका साथै सडकको समेत स्तरोन्नती गर्नको लागि सरकार तथा सडक विभागलाई निर्देशन गरेको छु ।’

सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ को बजेट भाषणमा पनि उपत्यकाका केही स्थानमा अन्डरग्राउण्ड वितरण लाइन निर्माण थाल्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री