शनिबार, ८ वैशाख २०८१

डिस होमले एक बर्षभित्रै आईपिओ ल्याउने

समयपोष्ट २०७४ असार २० गते ३:४६

डिसहोमले एकबर्षभित्र सर्बसाधारणका लागि सेयर जारी गर्ने भएको छ  ।
डिसहोमलाई सर्बसाधारणमा सेयर जारी गर्ने प्रयोजनर्कै लागि पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरिएको छ । आगामी ९ देखी १२ महिनाभित्र आइपिओ जारी गर्ने तयारीमा लागेको डिसहोमका महाप्रबनधक कल्याण अधिकारीले जानकारी दिए । उनले कति रकमको आईपिओ जारी गर्ने भन्नेबारे एक साता भित्र निर्णमा पुग्ने बताए ।  

Advertisement

पहिले डिस नेपाल र होम टिभिको रुपमा अलग अलग संचालनमा रहेका कम्पनीहरु मर्ज भएर डिसहोम बनेका थिए । कम्पनीले देशभर बिनातार टेलिभिजन हेर्ने सुबिधा उपलब्ध गराउँदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री