मंगलबार, ११ वैशाख २०८१

सिभिल बैङ्कको एकीकृत कारोवार, चुक्ता पूँजी ५ अर्ब १८ करोड 

समयपोष्ट २०७४ असार २० गते ३:०९

सिभिल बैङ्कले हामा मर्चेण्ट एण्ड फाइनान्स कम्पनी र युनिक फाइनान्स कम्पनी एकीकृत कारोबारको शुभारम्भ गरेको छ । 
एकीकृत कारोबारको शुभारम्भ गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर डा। चिरञ्जीवी नेपालले देशको नयाँ संरचनाअनुसार प्रत्येक स्थानीय तहमा बैङ्क स्थापना गरी वित्तीय गतिविधि बढाउने तयारी गरिरहेको बताए । एनले ग्रामीण क्षेत्रका जनतालाई पनि वित्तीय पहुँचमा पुर्याउन बैङ्कको भूमिका अपरिहार्य रहेको बताए ।
सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विभिन्न वित्तीय संस्थाको एकीकरणले व्यावसायिक क्षमता अभिवृद्धि भई केही ठूला परियोजना तथा उद्योग व्यवसायमा लगानी गर्न सहज हुने बताए । एकीकृत कारोबारसँगै बैङ्कको शाखा ५३ पुगेको छ । चुक्ता पूँजी रू। ५ अर्ब १८ करोड पुगेको बैङ्कले ३४ अर्ब ९७ करोड निक्षेप सङ्कलन गरी ३१ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री