शनिबार, ८ वैशाख २०८१

नेप्सेले किन रोक्यो नासा सेक्युरिटिजको कारोबार ?

समयपोष्ट २०७४ असार १९ गते ८:२९

नेपाल स्टक एक्सचेञ्जले नासा सेक्युरिटिजलाई तीन दिनका लागि सेयर कारोबारमा रोक लगाएको छ । समयमा राफसाफ नगरेको भन्दै नेप्सेले कम्पनीलाई तीन दिनसम्म कारोबारमा रोक लगाएको हो । 

Advertisement

नेप्सेको निणर्य अनुसार असार १९ गतेदेखि २१ गतेसम्म नासाको कारोबार बन्द हुँनेछ । 

समयमा सेयर किनबेच गरेको रकम तीन कार्य दिनमा भुक्तान नगर्ने ब्रोकरलाई निलम्बन गर्ने गरिन्छ । 

यस अघि राफसाफ नगराउने दलाललाई सात कार्य दिनका लागि निलम्बन गर्ने गरिएको थियो । हाल सो समयावधि घटाएर तीन दिन निलम्बन गर्न थालिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री