मंगलबार, ११ वैशाख २०८१

छ्याङ्दी हाइड्रोको आइपिओ बाँडफाँड, तपाईलाई पर्यो ?

समयपोष्ट २०७४ असार १८ गते ३:४१

छ्याङ्दी हाइड्रोले  सर्वसाधारणका लागि निष्काशन गरेको पाँच लाख ४० हजार कित्ता साधारण सेयर  बाँडफाँड गरेको छ ।  शनिबार गरिएको बाँडफाँडमा कम्पनीको सेयरमा आवेदन गर्नेहरु मध्ये अधिकतम ३४ कित्ता सेयर पाएका छन् । 

Advertisement

संस्थागत लगानीकर्ताको आवेदनलाई बन्देज लगाइएका कारण कम्पनीको सेयरमा ७१० कित्तासम्मको आवेदन गर्ने मध्ये झण्डै ५० प्रतिशत आवेदकले १० कित्ता सेयर पाएका छन् । ७२० कित्ता भन्दा माथि २७०० कित्तासम्म सेयर माग गर्नेले  माग गरेको संख्याको १.२४ प्रतिशतको औसतमा सेयर पाएका छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लवोबल आईएमई क्यापिटलका अनुसार एक हजार कित्ता सेयर माग्नेले १३ कित्ता सेयर पाएका छन् भने १५०० कित्ता माग गर्नेले १८ कित्ता सेयर पाएका छन् ।  दुई हजार कित्ता सेयर माग गर्नेले २५ कित्ता सेयर पाएका छन् । २५०० कित्ता सेयर माग गर्नेले ३१ कित्ता सेयर पषएकोमा २७०० कित्ता माग्नेले ३४ कित्ता सेयर पाएका छन्  ।  ५० हजार रुपैंयासम्मका लागि ७९ हजार १३ जनाले सेयर आवेदन गरेकोमा गोलाप्रथाबाट २० हजार ४९३ जनाले मात्र गोलाप्रथाबाट १० कित्ता सेयर पाएका हुन् । त्यसै गरी ५० हजार देखि ७१ हजार रुपैंयासम्मका आवेदकले पनि गोलाप्रथाबाट १० कित्ता मात्र सेयर पाएका छन् । ७२ हजारदेखि ८१ हजार रुपैंयासम्मका आवेदकले अनिबार्य रुपमा १० कित्ता सेयर पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री