शुक्रबार, ७ वैशाख २०८१

तपाईले गलत साईजको ‘ब्रा’प्रयोग गरिरहनुभएको त छैन ?

समयपोष्ट २०७५ साउन १५ गते ८:३६

भित्रि वस्त्र कस्तो लगाउने भन्नेमा प्राय महिलाहरुमा कम जानकारी हुनेगर्छ । बिशेषगरी कस्तो ब्रा प्रयोग गर्ने भन्ने ज्ञान नभए यसले स्वास्थमा प्रतिकुल असर गर्ने विज्ञहरु बताउछन् । एक शोधका अनुसार करिब ८० प्रतिशत महिलाहरुले गलत साइजको ब्रा लगाउँने गरेका छन् । त्यस्तै शारीरिक अभ्यासका क्रममा स्पोर्ट्स ब्रा नलगाउँने गरेको समेत पाईयो ।

Advertisement

तर, फिजियोथेरापिष्टहरुले भने ब्रा किन्नुअघि आफ्नो छातिको साइज लिन सुझाव दिएका छन् । गलत ब्रा लगाउनाले उमेर नपुग्दै स्तन झोलिने समस्या हुन्छ । यो समस्या सर्जरीले मात्र समाधान गर्न सकिन्छ । फिजियोथेरापी चार्टर्ड सोसाइटीकी सामी मार्गो भन्छिन्, ‘गलत साइजको ब्राले स्तनको आकार बिगार्नेमात्र होइन, घाँटी, काँध, कम्मर दुख्नेलगायतका गम्भीर स्वास्थ्य समस्या निम्तन्छन् ।’ यस्तै, गलत ब्राले छालासम्बन्ध समस्या निम्त्याउँने पनि विज्ञहरुको भनाई छ ।

आजकाल निकै टाइट ब्रा लगाउने चलन छ । तर, यस्ता ब्राले छालाको समस्याका साथै रगतको आवागमन घटाउने, स्नायु प्रणालीमा असर गर्ने हुन्छ । जसको परिणाम टाउको दुख्ने समस्या निम्त्याउँछ । विशेषज्ञ मार्गोका अनुसार हरेक महिलाहरुका लागि स्पोर्ट्स ब्रा आवश्यक छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री