शनिबार, ८ वैशाख २०८१

‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ सार्वजानिक (भिडियो सहित)

समयपोष्ट २०७५ साउन १४ गते १३:३१

चलचित्र ‘छक्का पञ्जा ३’ पहिलो गीत सार्वजनिक भएको छ । दीपक शर्माको संगीत रहेको सार्वजनिक ‘पहिलो नम्बरमा’ बोलको गीतलाई राजेन्द्र थापाले लेखेका हुन । गीतलाई डेभिड शंकर र विन्दु परियारले आवाज दिएका छन्, ।

Advertisement

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी (भान्जा) र संजोग कोइराला नाचेका छन् ।

गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले संयूक्त रुपमा खिचेका हुन् । यस सिरिजका ‘पुर्व पश्चिम रेल’, ‘देखन चम्पा’, ‘ए दाजु’, ‘म यता किनारामा’ गीत सर्वाधिक हिट छन् ।

दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीत पनि पहिलाको झैँ लोक लयमा तयार पारिएको छ । यो फिल्ममा दीपकराजको जोडी अभिनेत्री दीपिका प्रसाईँसँग बाँधिएको छ । ‘छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका छ भने अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला गेस्ट रोलमा छन् । अभिनेत्री बर्षा राउत यसपटक सार्वजनिक गीतमा मात्र सिमित भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री