बिहीबार, १५ चैत २०८०

श्रीदेवीको मृत्युपछि एक हुँदै बोनी कपुरको फ्यामिली, अब एकै घरमा बस्ने

समयपोष्ट २०७५ साउन १४ गते ११:०३

बलिउड निर्माता-निर्देशक बोनी कपुर कान्छी श्रीमती श्रीदेवीको असामयिक निधनपछि अथाह शोकमा डुबे । तर, श्रीदेवीको मृत्युले नै उनका दुई परिवार एक हुँने बाटो खुलेको छ ।

Advertisement

बोनी कपुरकी जेठी श्रीमती मोना कपुरको तर्फबाट दुई छोराछोरी अर्जुन कपुर र अंशुला छन् । यसैगरी श्रीदेवीबाट जान्भी र खुशी छन् । दुई श्रीमतीका छोराछोरीबीच यसअघि पानी बाराबारको अवस्था थियो । अर्जुन कपुरले त मिडियामै जान्भी र खुशीका विषयमा नकारात्मक टिप्पणी गरेका थिए ।

‘उनीहरु मेरा बहिनी होइनन्, मेरी सौतेनी आमाका छोरीहरु मात्र हुन् । यो सम्वन्धले कुनै अर्थ राख्दैन,’ अर्जुनले भनेका थिए ।

तर, श्रीदेवीको मृत्यू लगत्तै सौतेनी बहिनीहरुप्रति अर्जुनमा सहानुभूति पलायो । उनले दुखको क्षणमा जान्भी र खुशीलाई सहानुभूति मात्र दिएनन्, हरदम साथ र प्रेरणा पनि दिइराखे । अर्जुनको साथ पाएर जान्भी र खुशी पनि निकै खुशी भए । यसरी उनीहरुको सम्वन्धले यू टर्न लियो ।

आफ्ना दुई श्रीमतीका छोराछोरीहरुको यो मिलापले बोनी कपुरले पनि राहतको सास फेरेका छन् । स्रोतका अनुसार उनको इच्छा दुई परिवारलाई एउटै छानोमुनि ल्याउने छ । अर्जुन र अंशुलालाई पनि उनी आफूहरुसँगै राख्न चाहन्छन् ।

यो कुरा उनले अर्जुनलाई बताइसकेका छन् । तर, अर्जुनले कुनै निर्णय लिएका छैनन् । जान्भी र खुशी पनि चाहन्छन् कि अर्जुन र अंशुला आफूहरुसँगै रहुन् । सम्भवतः केही दिनमै उनीहरु एउटै घरमा आउन सक्छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री