बिहीबार, १३ वैशाख २०८१

शिवम् सिमेन्टको ८ लाख ८० हजार कित्ता आईपिओ आजबाट खुल्यो

समयपोष्ट २०७५ साउन १३ गते ५:५८

शिवम् सिमेन्टले आईपिओ जारी गरेको छ । कम्पनीले आजबाट आयोजना प्रभावित मकवानपुका वासिन्दालार्इ १०० रुपैयाँ अंकित दरमा २०० रुपैयाँ प्रिमियम थप गरि ३०० रुपैयाँमा साधारण सेयर जारी गरेको हो ।

Advertisement

न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवदेन दिन सकिने कम्पनीको आईपिओ भदौ ११ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

आवेदन सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट दिन सकिने छ। मकवानपुरमा रहेका महालक्ष्मी विकास बैंक, साङग्रिला डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, सिटिजन बैंक, ग्लोबल आइएमर्इ बैंक, नेपाल बंगलादेश बैंक, सेञ्चुरी बैंक, बैंक अफ काठमाण्डौं, तथा ओम डेभलपमेन्ट बैंकबाट आवदेन दिन पाइने छ।

कम्पनीले प्रभावित क्षेत्रका वासिन्दाको लागि ८ लाख ८० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो। प्रभावितपछि कम्पनीले प्रति शेयर ४०० रुपैयाँको दरमा ४४ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री