शुक्रबार, ७ वैशाख २०८१

पहिलो ‘मिस क्विन लमजुङ’बनिन् मोनिका

समयपोष्ट २०७५ साउन १३ गते ५:४१

लमजुङमा सम्पन्न भएको सौन्दर्य प्रतियोगितामा प्रथम मिस क्विन लमजुङ–२०१८ को उपाधि मोनिका गुरुङले जितेकी छन् । बेसीशहरमा शनिबार सम्पन्न प्रतियोगितामा आठ प्रतियोगीलाई पछि पार्दै मोनिकाले ताज पहिरेकी हुन् ।

Advertisement

तनहुँ इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताबाट ताजसँगै मोनिकाले नगद रु ५० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् । विजेता मोनिकाले ताजसँगै प्रतियोगिताको मोष्ट ब्युटिफुल टाइटल पनि हात पारेकी छन् ।

प्रतियोगितामा फस्ट रनरअपको उपाधि बेसीशहरकी सारा तामाङ र सेकेण्ड रनरअपको उपाधि बेसीशहरकै मोनिका श्रेष्ठले हात पारेकी थिइन् । उनीहरुलाई ताज पहिरिएर उपाधिको ट्रफी, क्रमशः नगद रु १५ हजार, १० हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

विजेताहरुलाई गण्डकी प्रदेश सभा सांसद मधु अधिकारी, आयोजक संस्थाका अध्यक्ष सरिता थापालगायत प्रतियोगिताका निर्णायकको टोलीले उपाधि प्रदान गरेको थियो ।

प्रतियोगितामा बेसीशहरकी सुमीना श्रेष्ठले मिस डिसिप्लेन शीर्षकको उपाधि जितेकी छन् । त्यस्तै मिस ट्यालेन्ट र मिस फ्रेन्डली उपाधि शर्मिला परियार, मिस फोटोजेनिकमा सलिना पराजुली, मिस स्माइलमा भोटेओडारकी सिम्रोन श्रेष्ठ र मिस स्किनमा पुनम तामाङले उपाधि जितेका छन् ।

करीब एक महिना लामो प्रशिक्षणपश्चात् शनिबार प्रतियोगिता समापन गरिएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री