मंगलबार, ११ वैशाख २०८१

जेबिल्स फाइनान्सको हकप्रदमा आवेदन दिने समय थप

समयपोष्ट २०७५ साउन १३ गते ५:२४

जेबिल्स फाइनान्सले हकप्रदमा आवेदन दिने समय थप गरेको छ । कम्पनीले गत असार १० गतेदेखि साउन १३ गतेसम्म ४० प्रतिशत अर्थात २३ लाख ११ हजार ६५० कित्ता हकप्रद जारी गरेको थियो । कम्पनीले आवेदन दिने समय १५ दिन थप गरेको हो । यससंगै जेठ २२ गतेसम्म कायम सेयरधनीले कम्पनीको हकप्रदमा साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Advertisement

कम्पनीको सेयर बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ । हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरि सनराईज क्यापिटल कमलपोखरी, जेबिल्स फाईनान्स न्युरोड, सनराईज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ ।

साठी करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको जेबिल्सको हकप्रदपछि ८३ करोड ७९ लाख ७३ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री