बिहीबार, १३ वैशाख २०८१

ग्यास पाइप घर घरमा पु¥याइने

समयपोष्ट २०७५ साउन ११ गते १०:४२

विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौ सेवा समितिद्वारा सञ्चालित गौशालाले घर घरमा ग्यास पु¥याउने उद्देश्यले योजना सञ्चालन गरेको छ ।

Advertisement

गाईवस्तुको गोबरबाट तयार हुने ग्यासलाई व्यक्तिको घर घरमा पु¥याउने समितिले योजना बनाएको छ । सो क्षेत्रका करीब ३०० घर परिवारलाई ग्यास उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ ।

उक्त योजना निर्माण गर्न विश्व बैंकको ८० प्रतिशत तथा समितिको २० प्रतिशत लगानी रहेको छ । रु ८४ लाखको लागतमा ३०० घनमिटरको टयाङ्की निर्माण गरेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका इञ्जिनियर ज्ञानेन्द्र सिंहले जानकारी दिनुभयो ।

गोबरग्यास योजना निर्माण गर्न विराटनगर महानगरपालिकाले रु पाँच उपलब्ध गराएको छ । प्रारम्भमा १०० घर परिवारलाई ग्यास उपलब्ध गराउने योजनाअनुरुप अहिले ३५ घरमा परीक्षण भइरहेको सिंहले बताउनुभयो । उक्त ग्यास एलपी ग्यासभन्दा प्रतिकिलो रु १० कम पर्ने बताइएको छ ।

स्थानीय उद्योगपति शंकर अग्रवालले सञ्चालन गर्नुभएको सो गौशालामा अहिले २०५ गाईवस्तु रहेका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री