बुधबार, १२ वैशाख २०८१

काठमाडौँबाट पोखरा जाँदै गरेको बस त्रिशुली खस्यो, पाँच जनाकाे मृत्यु

समयपोष्ट २०७५ साउन ११ गते ९:००

काठमाडौँबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा ना ६ ख २५०६ नम्बरको बस करिब १ सय मिटर तल खसेको हो । यात्रुवाहक बस त्रिशूलीमा खस्दा पाँचको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

Advertisement

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारका डिएसपी मुक्तिनाथ दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री