शुक्रबार, १६ चैत २०८०

गन्यापधुराले रु ३३ लाख खर्च गर्न सकेन

समयपोष्ट २०७५ साउन ११ गते ५:०४

गन्यापधुरा गउँपालिकाको गत आर्थिक वर्षमा करिव रु ३३ लाख रकम फ्रिज भएको छ । जनप्रतिनिधि निर्वाचित भएको वर्ष दिनको समीक्षा कार्यक्रममा उक्त गाउँपालिकाको आव २०७४÷०७५ को कूल बजेटमध्ये रु ३२ लाख ८९ हजार ८३५ रकम खर्च हुन नसकेको हो ।

Advertisement

गत आवको कूल बजेट रु १३ करोड ७७ लाख १३ हजार ३५८ रकममध्ये रु १३ करोड १५ लाख १६ हजार ९९० मात्रै खर्च भएको गाउँपालिकाले जनाएको छ । बिहीबार सार्वजनिक सुनुवाइ तथा वार्षिक समीक्षा कार्यक्रममा उक्त गाविसका लेखाप्रमुख महेशकुमार जोशीले खर्च विवरण प्रस्तुत गर्नुभएको थियो ।

गत आवमा गाउँपालिकाले सडकलाई मुख्य प्राथमिकतामा राख्दै रु दुई करोड ६६ लाखको लागतमा ७५ किलोमिटर सडक निर्माण गरिएको र भवन निर्माणमा रु एक करोड ५३ लाख खर्च भएको प्राविधिक केशव शाहुले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी २१ वटा खानेपानी योजनामा रु ९३ लाख २५ हजार र मिश्रित विकास निर्माणमा रु ५० लाख खर्च भएको जनाइएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री