शनिबार, ८ वैशाख २०८१

रसुवा पहिरोमा परि ज्यान गुमाउने चारै जनाको पहिचान खुल्यो

समयपोष्ट २०७५ साउन १० गते ५:२१

रसुवाको टिमुरेमा पहिरोमा परेर ज्यान गुमाउनेको सनाखत भएको छ । बुधबार राती १२ बजेतिर गएको पहिरोले घर पुर्दा सिन्धुपाल्चोक भोटेकोशीका श्याम तामाङ, मंगले तामाङ, विक्रम नेवार र रमेश खड्काको ज्यान गएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

Advertisement

पहिरोमा हराइरहेका ५ जनाको खोजी कार्य भैरहेको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको तर पानी परिरहेको र पहिरोका कारण उद्धारमा समस्या भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । पहिरोले प्रहरी पोष्ट र केही घरमा क्षति पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री