बिहीबार, १० असार २०७८

संकट मोचन धाम निर्माण गर्न महायज्ञ हुने

समयपोष्ट २०७५ साउन ९ गते १०:२५

राष्ट्रमा देखिएका संकटको मोचन होस् भन्ने कामना गरी संकट मोचनधामको निर्माणमा सहयोग जुटाउने उद्देश्यले महायज्ञको आयोजना गरिने भएको छ ।

Advertisement

संकट मोचन हनुमान मन्दिर सेवा समिति तथा विश्व हिन्दू महासंघ लगायतका धार्मिक एवम् सामाजिक संघसंस्थाको आयोजनामा भुवनेश्वरी मन्दिर परिसर बासुकीचौर बल्खुमा संकट मोचन शिव पुराण महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञ साउन ११ शुक्रबार गुरु पूर्णिमादेखि २६ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञमा पं. माधवानन्द महाराजबाट शिव महापुराणको वेदान्तपरक कथा प्रवचन हुने र १६ गतेदेखि नौ जना वटुकले अहोरात्र अखण्ड हवन गर्नुहुनेछ । महायज्ञमा ग्रहशान्ति, रुद्रीलगायत कर्म समावेश गरिनेछ ।

Advertisement

धामको निर्माणमा सहयोग पु¥याउने उद्देश्य रहेको सो महायज्ञमा देश–विदेशमा रहेका सर्वसाधारणले यथाशक्य सहयोग गर्न सक्ने आयोजकले जनाएका छन् । एक जनाले कम्तीमा एक इँट्टा बराबरको सहयोग गरी नागरिक, समाज र राष्ट्रमा परिरहेका संकट निवारणका लागि धाम बनाउन सहयोग गर्न सकिने बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री