बिहीबार, १० असार २०७८

१ लाख ८४ हजार बराबरको अवैध सामान बरामद

समयपोष्ट २०७५ साउन ९ गते ७:३६

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरको टोलीले आज बिहान भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ ।

Advertisement

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ हल्दुखाल क्षेत्रबाट लुकिछिपी ल्याउँदै गरेको रु एक लाख ८४ हजार बराबरको महिलाले लगाउने १५४ थान सुट सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर बोहराको नेतृत्वमा रहेको टोलीले बेवारिसे अवस्थामा रहेको सामान नियन्त्रणमा लिएर कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
केही दिनअघि पनि यहाँको नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिदै गरेको सामान समेत नियन्त्रणमा लिएको थियो । रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री