मंगलबार, ११ वैशाख २०८१

प्रतिष्ठानका चार प्राज्ञलाई सरकारले दियो ४५ लाख भत्ता

समयपोष्ट २०७५ साउन ९ गते ६:४६

सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानका चार जना प्राज्ञलाई ४५ लाख २५ हजार रुपैयाँ उपलब्ध गराएको छ । आजीवन सदस्यता भत्ता बापत सरकारले प्राज्ञहरु मोदनाथ प्रश्रित, बासुदेव त्रिपाठी,निरञ्जय चापागाईं र मञ्जु काँचुलीलाई रकम उपलब्ध गराएको हो ।

Advertisement

मन्त्रीपरिषदको असार २० गतेको बैठकको निर्णयअनुसार चार जनालाई आजीवन सदस्यता बापतको रकम उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले असार अन्तिममा रकमान्तर गरी उनीहरुलाई रकम उपलब्ध गराएको हो । भैपरी आउने सुविधाअन्तर्गत उनीहरुलाई रकम दिइएको अर्थले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री