बुधबार, १२ वैशाख २०८१

लन्डनमा निकसँग प्रियंकाको बर्थ डे सेलिब्रेसन

समयपोष्ट २०७५ साउन ८ गते १५:३४

अभिनेत्री प्रियंका चोपडा ३६ बर्ष पुगेकी छन् । उनले यो बर्षको जन्मदिन भारतमा नभएर लन्डनमा मनाइरहेकी छन् । यो खुसीमा उनको नजिकको साथी निक जोनासको पनि साथ रहेको छ ।

Advertisement

निकसँग अहिले उनको अफेयर रहेको हल्ला समेत चलेको छ । प्रियंकाको हालै एक तस्बिर समेत बाहिर आएको छ । जुन तस्बिरमा प्रियंका र निक एक रेष्टुरेन्टबाट बाहिर निस्किदै गरेको देख्न सकिन्छ । प्रियंकाको जन्मदिन सेलिब्रेसनमा निक मात्र होइन उनका परिवारको पनि सहभागिता रहेको केही मिडियाले अनुमान गरेका छन् ।

प्रियंका तेस्रो हलिउड चलचित्र ‘इजन्ट इट रोमान्टिक’ सुटिङ सकेर त्यहाँ पुगेकी हुन् । चलचित्रमा उनको साथ हलिउड अभिनेता लिया हेम्सवर्थ समेत देखिने छन् । सुटिङ सकेर उनी निकका साथ समय बिताउन लन्डन पुगेकी हुन् ।

बिगत दुई बर्षदेखि प्रियंका हलिउडमा निकै सक्रिय छिन् । उनले यो दौरानमा तीन हलिउड चलचित्र अभिनय गरेकी छन् । हलिउडमा ब्यस्त भएकोले उनले बलिउड चलचित्र अभिनय नगरेकी हुन् । उनी पछिल्लो समय २०१६ मा प्रदर्शित बलिउड चलचित्र ‘जय गंगाजल’ देखिएकी थिइन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री