शुक्रबार, १६ चैत २०८०

बाग्मतीको पानी राजधानी उपत्यकाका जनतालाई पुर्याउने योजनाको खानेपानी मन्त्रीद्धारा निरिक्षण (फोटो फिचर)

समयपोष्ट २०७५ साउन ८ गते १२:१५

खानेपानी मन्त्री बीना मगरले बाग्मतीको पानीलाई प्रशोधन गरेर राजधानी उपत्यकाका जनतालाई पुर्याउने योजनाको निरीक्षण गर्नुभएको छ । मन्त्री मगरले सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्र र उक्त स्थानबाट महाँकालसम्म बिछ्याएको पाइप तथा वाशआउट स्थानहरुको निरीक्षण गर्नुभएको हो ।

Advertisement

सुन्दरीजलदेखि महाँकालसम्म ५ वटा स्थानमा वाशआउट स्थान रहेका छन् । राजधानीमा पानी वितरण गर्नुपूर्व ती स्थानबाट पाइप पखाल्ने काम आयोजना कार्यान्वयन निर्देशनलायले गरिरहेको छ ।

खानेपानी मन्त्रालयले सुन्दरीजलदेखि धोबीखोलासम्म बिछ्याएको पाइपलाई पखारेर (फ्लसिङ) गरपछि बाग्मतीको पानी केही समयपछि उपत्यका ल्याउने वितरण गर्ने छ ।
सुन्दरीजल प्लान्ट कार्यालयमा मन्त्री मगरलाई आयोजना कार्यान्वयन निर्देशनालयका कर्मचारीले पानी प्रशोधनको संयन्त्र तथा पछिल्लो प्रगतिबारे जानकारी गराएका थिए ।

मन्त्री मगरले फ्लसिङको कार्य तत्कालै सम्पन्न गरी परीक्षण पश्चात पानी वितरणको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । “पाइप पखाल्ने काम तत्काल सक्नुस् । कहाँ कस्तो मर्मत गर्नुपर्छ, त्यो गर्नुस् । काममा कुनै ढिलाई नगरी तत्काल राजधानी पानी पठाउने व्यवस्था गर्नुस् ।” वहाँले निर्देशन दिँदै भन्नुभयो ।

आयोजना कार्यान्वयन निर्देशनालयले बिछ्याएको पाइपलान केही स्थानमा चुहिएको र मर्मत गर्नुपर्ने देखिएकोले तत्काल ती काम सम्पन्न गर्न समेत मन्त्री मगरले निर्देशन दिनुभयो ।

सुन्दरीजलबाट धोबीखोलासम्म पाइप पखालेर राजधानीमा पानी वितरण गरेपछि सोही पाइप र रिजर्भवायरबाट मेलम्चीको पानी समेत वितरण गरिने छ ।
सुन्दरीजलमा बाग्मतीको पानी जम्मा गरेर ४ करोड लिटर थप पानी राजधानी भित्रिने छ ।

मन्त्री मगरले उक्त अवसरमा सुन्दरीजलमा टुंगिएको मेलम्ची सुरुङको समेत अवलोकन गर्नुभएको थियो । उक्त अवसरमा मन्त्री मगरले सुरुङ फिनिसिङको कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री