शनिबार, ८ वैशाख २०८१

‘हामी पहिला चप्पल लगाउथ्यौं, अहिले जुत्ता लगाउँदा सहन सकेको छैनन्’

समयपोष्ट २०७५ साउन ८ गते ६:२८

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको टाउकोको मूल्य तोक्ने नेताहरुले अहिले देखि नसहेको बताएका छन् । धुम्बाराहीमा मंगलबार प्रेस सेन्टर र प्रेस चौतारी निकट पत्रकारहरुको आन्तरिक प्रशिक्षणमा बोल्दै ओलीले कांग्रेसको नामै नलिइकन भने, ‘ प्रचण्डको टाउकोको मूल्य तोक्ने दलका नेताले प्रचण्डलाई यो ठाउँमा देखि सहन सकेका छैनन् ।’

Advertisement

उनले पार्टीले प्रगति गर्दा देखि नसहेको लागि आफूहरुको केहि भन्नु नरहेको बताए । उनले भने, ‘हामी पहिला चप्पल लगाउथ्यौं, अहिले जुत्ता लगाउँदा सहन सकेको छैनन् ।’

उनले कांग्रेसलाई आफू नेतृत्वको सरकार अपदस्त रहेको भएपनि त्यसका लागि पनि प्रक्रिया चाहिने बताए । ‘ काँग्रेसलाई सरकार अपदस्थ गर्ने अधिकार छ तर प्रक्रियाबाट’, उनले भने, ‘ हामी जसरी यो असवस्थामा आएका छौ त्यसैगरी प्रक्रियामा जानुपर्छ, सडकमा रडाको मच्चाएर अर्थ छैन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री