शुक्रबार, १६ चैत २०८०

‘श्रोत नखुलेको सम्पत्तिको मोनिटरिङ गर्ने निकाय बन्छ’

समयपोष्ट २०७५ साउन ८ गते ६:०२

अर्थमन्त्री डा.युवराज खतिवडाले वित्तिय अपराध र आतंकबादी क्रियाकलापमा सरकार कठोर रहेको बताएका छन् । एसिया प्यासीफीक ग्रुप अन मनि लाउन्डरिङको २१ औं सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

सम्मेलनमा अर्थमन्त्री खतिवडाले सम्पत्ति सुद्धिकरण अन्तर्राष्ट्रिय सवाल भएकाले यसमा अन्तर्राष्ट्रिय समुदायको सयुंक्त प्रयास आवश्यक रहेको बताए । खतिवडाले भने,’नेपालका लागि सम्पत्ति शद्धिकरणलाई दिगो विकास र सुशासनसँग जोडेर हेरेका छौ, यसको जोखिम कम गर्न नेपालले कुनै कसर बाँकी राखेको छैन’ उनले भने, ‘अब श्रोत नखुलेको सम्पत्तिको मोनिटरिङ गर्ने पनि निकाय बन्छ’ ।

हाल सम्पति सुद्धिकरणको उपाय खोज्न विभिन्न ४० देशका ५५ जना प्रतिनिधि काठमाडौंमा भेला भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री