बुधबार, ५ वैशाख २०८१

युनियन लाइफ र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

समयपोष्ट २०७५ साउन ७ गते १०:४९

गण्डकी विकास बैंक र युनियन लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र युनियन लाइफ इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे ।

Advertisement

उक्त सम्झौता भए पश्चात युनियन लाइफ इन्स्योरेन्सले जारी गर्ने विभिन्न जीवन बिमा योजनाहरु गण्डकी विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ ।

गण्डकी विकास बैंकको केन्द्रिय कार्यालय सहित देशै भर ६८ शाखा कार्यालय रहेका छन् । बैंकका विभिन्न ठाँउमा ९ वटा शाखाहरु तयारीमा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री