शुक्रबार, ७ वैशाख २०८१

ग्रिसकोे होटल स्टाफलाई रोनाल्डोले दिए २६ लाख टिप्स

समयपोष्ट २०७५ साउन ७ गते १०:३४

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ग्रीसको एक होटल स्टाफहरुलाई ठूलो राशीको टिप्स् दिएका छन् । भर्खरै मात्र इटलीको क्लब युभेन्टससँग अनुबन्धित भएका उनले होटलका कर्मचारीहरुलाई होटल छाड्नु अघि करीव २६ लाख रुपैयाँ बराबर टिप्स दिएको बताइएको छ ।

Advertisement

युभेन्टससँग जोडिएसँगै केहि समय छुट्टि मनाउन चीन पुगेका उनी त्यसपछि ग्रीस पुगेका थिए । यसैबीचमा उनी ग्रीसमा आरामको लागि बसेको एउटा होटेलको सेवाबाट अत्यन्तै प्रभावित भएको बताइएको छ । ति स्टाफहरु अचानक ठूलो रकममा टिप्स् पाउँदा आफैं छक्क परे ।

रोनाल्डो पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्बाधिक गोल गर्ने खेलाडी हुन । उनलाई सन २०१६ र २०१७ मा इएसपिएन र फोर्ब्सले क्रमशः सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री