बिहीबार, १३ वैशाख २०८१

मेगा बैंक नवौँ वर्षमा प्रवेश

समयपोष्ट २०७५ साउन ७ गते ७:२३

‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ नौ वर्षअघि स्थापना भएको मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको छ ।

Advertisement

गत आर्थिक वर्षमा निक्षेप संकलन रु ११ अर्ब ८२ करोड बढेर रु ६३ अर्ब पुगेको छ । यसैगरी कर्जा प्रवाह पनि करीब रु ११ अर्ब बढेर रु ५७ अर्ब २६ करोड पुगेको छ । ग्राहक संख्या पाँच लाख छ ।

त्यसैगरी कर्जाको औसत आकार रु २९ लाख ५५ हजार र निक्षेप रु एक लाख २२ हजार छ । स्थापनाको नवौंँ वर्षमा आइपुग्दा बैंकले १०१ शाखा विस्तार गरेको छ । देशभर १४ एक्टेनशन काउन्टर, ११९ शाखारहित बैंकिङ सेवा, दुई हजारभन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ एटिएम छन् ।

नवौँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संरचनाअनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने बताउनुभयो । “हामी छोटो समयमा नै मुलुकको ठूलो बैंक बन्न सफल भएका छौँं, अब संघीयताको कार्यान्वयनसँगै नयाँ नयाँ आर्थिक सम्भावना र चुनौती हाम्रो माझमा देखिएका छन्,” उहाँले भन्नुभयो ।

अध्यक्ष शाहले भन्नुभयो,“विज्ञहरुसँगको परामर्शमा हामीले पाँचवर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका छौँ । आर्थिक सम्भावनाका नयाँ क्षेत्र पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युत्को क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रित गर्छौँ ।”

बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा, बैंक क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको बताउनुभयो । “हामीले बितेको आठ वर्षमा मेगा बैंकलाई एउटा सफल वित्तीय संस्थाका रुपमा स्थापित ग¥यौँ । टुरिज्मसँगको मर्जरपछि झन् मेगा बैंक चुक्ता पूँजीका आधारमा नेपालकै दोस्रो ठूलो बन्न सफल भएको छ । ग्राहकको विश्वास जित्दै हामी निरन्तर अघि बढिरहन्छौँ,” उहाँले भन्नुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री