बिहीबार, १३ वैशाख २०८१

बैंकहरुले गरे घरजग्गामा ६१ प्रतिशत कर्जा प्रवाह

समयपोष्ट २०७५ साउन ७ गते ३:०९

बैंक तथा वित्तीय संस्थाको कूल कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घरजग्गा धितो मार्फत गएको छ । उनीहरुले घरजग्गा धितो राखेर ६१.४ प्रतिशत कर्जा २०७५ जेठ मसान्तसम्म प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

१४.७ प्रतिशत कर्जा भने कृषि तथा गैरकृषि वस्तु धितोमा राखेर प्रवाह गरेका छन् । अघिल्लो वर्ष घर जग्गा धितो राखेर ६१.१ प्रतिशत कर्जा बैंकहरुले प्रवाह गरेका थिए ।

यस्तै ट्रस्ट रिसिप्ट (आयात) कर्जा पनि ५३ अर्ब ५७ करोड रुपैयाँले बढेर १ खर्ब १८ अर्ब २७ करोड पुगेको छ । यस्तै बैंक तथा वित्तिय संस्थाबाट प्रवाहित हायर पर्चेज कर्जा पनि १२.८ प्रतिशतले बढेको छ । ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले बढेको छ भने रियल स्टेट कर्जा १५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै जेठ मसान्तसम्म १७ अर्ब ९२ करोड पुर्नकर्जा लगानीमा गएको छ । यता भुकम्प पिडितले १ अर्ब ७७ करोड रुपैयाँ पुर्नकर्जा उपभोग गरे राष्ट्र बैंकको तथ्यांकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री