बिहीबार, १३ वैशाख २०८१

मेडिकल कलेजमा राज्यको लगानीः दक्षिण एसियामै सबैभन्दा पछाडि नेपाल

समयपोष्ट २०७५ साउन ७ गते २:२६

निजी मेडिकल कलेज धेरै हुने देशमध्येमा नेपाल एसियामै अगाडि रहेको छ ।

Advertisement

आजको नयाँ पत्रिकामा खबर छ,साउथ–इस्ट एसिया जर्नलका अनुसार कम्युनिस्ट शासन–व्यवस्था भएका मुलुकमा मात्र होइन पुँजीवादी देशमा समेत अधिकांश मेडिकल कलेज सरकारबाटै सञ्चालित छन् ।

चीन र उत्तर कोरियाबाहेक श्रीलंका, सिंगापुर, म्यानमार, कुवेत, इजरायल, उज्वेकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान र तुर्केमिस्तानमा शतप्रतिशत मेडिकल कलेज सरकारी छन् ।

नेपालमा भने सञ्चालनमा रहेका २१ मध्ये तीन मात्र मेडिकल कलेज सरकारी लगानीका हुन् । यसरी नेपालका ८६ प्रतिशत मेडिकल कलेज निजीस्तरमा सञ्चालित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री