आज नेप्सेमा करेक्सन, १६ अर्ब माथि कारोबार
केही दिनदेखि लगातार बढेको सेयर बजारमा आज करेक्सन आएको छ।
पछिल्लो ६ कारोबार दिन नेप्से परिसूचक ३२२.९९ अंक बढिसकेको छ।
उक्त दिनमा नेप्से राम्रो अंकले बढेकाले नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा आज नेप्से घटेको हो।
आज नेप्से परिसूचक २७.३२ अंक घटेर २५३६.११ विन्दुमा झरेको छ।
आज सेन्सेटिभ इण्डेक्स ६.२५ अंक घटेको छ। फ्लोट इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९७ अंक घटेको छ।
आज ३११ स्टकको १ लाख ८८ हजार ८६५ पटकको कारोबारमा १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको ४ करोड ७ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ उपसमूहको परिसूचकमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.१३ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज बोटलर्स नेपाल (तराई), एशियन हाइड्रोपावर र चन्द्रागिरी हिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको चिरख्वा हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.७९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ३४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अप्पर तामाकोशी हाइड्रोपावरको कारोबार रकम कारोबार रकम २९ करोड नाघेको छ।
प्रतिक्रिया