आइतबार, ४ साउन २०८२

होटल सब्रिनाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

समयपोष्ट २०८१ असार २४ गते १४:५२

होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।

कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको हो । गत असार २२ गते आयोजित एक कार्यक्रममा उक्त कार्यका लागि कम्पनीका तर्फबाट संस्थापक तथा अध्यक्ष निराजन थापा तथा एनएमबि क्यापिटल को तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाउने योजना रहेको कम्पनीका अध्यक्ष निराजन थापाले बताए ।

काठमाडौंको बुढानिलकण्ठ- ६,गणेश चौकमा अवस्थित होटेल सब्रिनालाई सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एण्ड ब्लगर्स एशोसिएशन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो । हाल होटेलको व्यवस्थापन रोयल अर्किड होटलको “रिजेन्टा प्लेस” ब्राण्डले गर्दै आएको छ ।

रोयल अर्किड होटल ब्राण्ड अन्तर्गत ४८ भन्दा बढी स्थानहरुमा १०० भन्दा बढी होटलहरु सञ्चालनमा रहेका । नेपालमा यस ब्राण्डअन्तर्गत सञ्चालनमा आएको होटलमध्ये यस होटेल सब्रिना पहिलो हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री