बिहीबार, १३ वैशाख २०८१

भारत सरकारको अनुदान सहयोगमा निर्मित विद्यालय भवनको समुद्धघाटन

समयपोष्ट २०७९ साउन १५ गते २०:३९

Advertisement

भारत सरकारको अनुदान सहयोगमा निर्मित विद्यालय भवनको समुद्धघाटन सम्पन्न भएको छ ।

आइतबार तनहुँस्थित घिरिङ गाँउपालिकामा निर्मित दिपक माध्यमिक विद्यालय भवनको भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले संयुक्त रुपमा समुद्धघाटन गर्नुभएको हो ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.२ करोड १ लाख ९० हजारको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यस भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

सन् १९७५ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको यस विद्यालय सन् २००० मा माध्यमिक विद्यालयको रुपमा स्तरोन्नत भएको हो । यस विद्यालयमा १८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्नेछ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये तनहुँ जिल्लाका ६ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री