शनिबार, ८ वैशाख २०८१

सगरमाथा इन्स्योरेन्सद्वारा २ करोड २५ लाख दावी भुक्तानी

समयपोष्ट २०७९ साउन १२ गते २१:५९

Advertisement

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २ करोड २५ लाख दावी भुक्तानी गरेको छ ।

इन्स्योरेन्सले गत बर्ष २०७८९/२१ मा मलानपूर, भारतमा भएको सडक दुर्घटनाका कारण भएको क्षति अन्तर्गत दावी वापत हाइटेन्सन स्वीचगियर प्रा.लि लाई रु २ करोड ६५ लाख ७३ हजार ८ सय ४९ रुपैयाँको दावी भुक्तानी गरेको हो ।

उक्त रकम बराबरको चेक बिहीबार हाइटेन्सन स्वीचगियर प्रा. लि का अध्यक्ष द्वारिका श्रेष्ठलाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड भक्तपुरूर शाखाका शाखा प्रमुख भरत अधिकारीले यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा हाइटेन्सन स्वीचगियर प्रा.लि निर्देशक नरेश अग्रवालको रोहवरमा हस्तान्तरण गर्नुभयो ।

सगरमाथा इन्स्योरेन्स कम्पनी दावी भूक्तानीमा सम्वेदनशिल रहि आफ्नो ग्राहकहरुलाई यथासक्य चाडै दावी भूक्तानी गर्न प्रयत्नशिल रहेको जनाएको छ । इन्स्योरन्सले आर्थिक बर्ष २०७८र७९मा एक अर्ब ८५ करोड बराबरको दावी भूक्तानी गरि सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री