बिहीबार, १५ चैत २०८०

राजसंग विवाह गर्न यसरी राजी भएकी थिईन् शिल्पा

समयपोष्ट २०७८ साउन १५ गते १०:२९

Advertisement

बलिउड अभिनेत्री शिल्पा शेट्टी ब्यवसायी राज कुन्द्रासंग विवाह गर्न तयार थिईनन् । राजले एक अन्र्तवार्तामा सो विषयमा कुरा गरेका छन् ।

राजका अनुसार सुरुमा शिल्पाले उनीसंग विवाह गर्ने वा कुनै पनि सम्बन्ध राख्ने इच्छा गरेकी थिईनन् । ‘शिल्पाले सुरुमा मसँग विवाह गर्ने वा कुनै पनि सम्बन्ध राख्ने इच्छा गरिनन् । म भने हात धोएर पछि लागेँ । तर, मलाई थाहा थियो उनको मनभित्र कुनै न कुनै प्रकारको झुकाव थियो ।’

राजले भने, ‘मैले उनलाई कोसिस गर्न भने । तर उनले भारत छोड्ने विषयमा इन्कार गरिन् । उनले भारतमा भएको सम्पत्ति र काम छोडर जान नसक्ने बताइन् । उनले म बेलायतमा बस्ने भएपछि उनको र मेरो सम्बन्ध असम्भव भएको बताएकी थिइन् ।’ त्यसपछि राजले शिल्पाका लागि घर खरिद गरे । उनले आफू पनि भारतमै बस्न चाहेको बताए ।

शिल्पा र राजको विवाह सन् २००० मा भएको थियो ।

उनीहरुको दुई जना सन्तान छन् भियान र समीशा । सन् २०१८ मा एक अन्तरवार्ताको क्रममा राजले उनीहरु कसरी प्रेममा परेका थिए भन्ने विषयमा बताएका थिए । राजका अनुसार उनीहरु बेलायतमा ‘बिग ब्रदर’ जित्नुअघि पहिलो पटक शिल्पाको म्यानेजरको माध्यमबाट भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री