शुक्रबार, १६ चैत २०८०

एनआईबिएल एस क्यापिटल “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६” को बिक्री प्रबन्धक नियुक्त

समयपोष्ट २०७८ साउन १२ गते १९:०१

Advertisement

एभरेष्ट बैंक लिमिटेडले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६” ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त सम्झौतामा मंगलबार एभरेस्ट बैंक लिमिटेडको तर्फबाट कम्पनी सचिव सुरेश चापाँगाई र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले
हस्ताक्षर गरेका छन् । बैंकले रु.१,००० अंकित दरको २०,००,००० कित्ताले हुन आउने रु.२००,००,००,०००÷–(अक्षेरुपी दुई अर्ब) रकम बराबरको “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६” ऋणपत्र जारी गर्दैै छ ।

उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको र ब्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ ।
काठमाण्डौें, लाजिम्पाट स्थित रजिष्टर्ड कार्यालय रहेको एभरेष्ट बैंक लिमिटेड प्रचलित कम्पनी कानून बमोजिम मिति २०४९/०८/०१ मा नेपाल सरकार, वाणिज्य विभागमा पब्लिक लिमिटेडको रुपमा दर्ता भएको कम्पनी हो । साथै, मिति २०५१/०६/११ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त गरी कम्पनीले मिति २०५१/०७/०१ गतेदेखि आफ्नो वित्तीय कारोवार सञ्चालन गर्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा उपलब्ध गराउँदै आइरहेको छ । हाल यस बैंकले आफ्नो १०३ वटा शाखा कार्यालयहरु र ३ वटा एक्सटेन्शन काउन्टर मार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री