शुक्रबार, १६ चैत २०८०

राष्ट्रपति र प्रधानमन्त्रीको अश्लील भिडियो बनाएर पोष्ट गरेपछि…

समयपोष्ट २०७८ साउन १० गते १४:०७

Advertisement

प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको अश्लील टिकटक भिडियो बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक भिडियो बनाएको आरोपमा झापा मेचीनगर नगरपालिका–६ बर्मेली टोलका ३८ वर्षीय विकास भन्ने सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको हो ।

प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले घिमिरेलाई घरबाटै साउन ७ गते पक्राउ गरी साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौं पठाइसकेको प्रहरीले बताएको छ।

सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अश्लील भिडियो बनाएपछि घिमिरेविरुद्ध प्रहरी प्रधान कार्यालय साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखामा मानहानी र साइबर क्राइमअन्तर्गत उजुरी परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री