शुक्रबार, १४ वैशाख २०८१

टीभीएस एनटर्क रेस एडिसन ‘वेस्ट इन क्लास’ नेपाली बजारमा

समयपोष्ट २०७८ साउन ८ गते १४:१६

Advertisement

टीभीएस मोटरको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले ‘टीभीएस एनटर्क १२५ स्कूटर रेस एडिसन’लाई नेपाली बजारमा भित्र्याउने भएको छ ।

टीभीएस एनटर्क रेस एडिसनलाई “Best in class: Pick-up, Power, Performance, Better than FI” नाराको साथ नेपाली बजारमा भर्चुअल लन्च द्वारा जगदम्बा मोटर्सको अफिसियल फेसबुक पेजबाट २५ जुलाई २०२१ को साँझ ५ बजेबाट लन्च गर्ने भएको हो ।

टीभीएस एनटर्क १२५ स्कूटरले बजारमा ब्लुटुथ जडित पूर्ण डिजिटल स्पीडोमीटर (नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी,स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर र सर्भिस रिमाइन्डरको साथ) इन्जिन किल स्विच, स्टील्थ इन्स्पायर्ड स्टाइलिसको रुपमा आफूलाई प्रस्तुत गर्दैछ ।

सन् २०१८ मा टीभीएस एनटर्क १२५लाई नेपालमा पहिलो ब्लुटुथ जडित स्मार्ट स्कूटरको रूपमा सुरू गरिएको थियो र यो नेपालको पहिलो स्मार्ट स्पोर्टी स्कूटरको रूपमा स्थापित गर्न सक्षम भएको छ ।
सन् २०२० मा एनटर्क १२५ रेस एडिसन आफ्नो १२५–सीसीको श्रेणीमा नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कूटरको रुपमा स्थापित भएको कम्पनीको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री