शनिबार, ८ वैशाख २०८१

तीन हजारमा उक्लियो सेयर बजार

समयपोष्ट २०७८ साउन ७ गते १६:१९

Advertisement

दोहोरो अंकले बढेको छ ।

साताको अन्तिम दिन नेप्से परिसुचक १८ अंकले बढेर ३००४ बिन्दुमा पुगेको छ। बिहीबार सेयर बजारमा २ सय २२ कम्पनीका ५५ करोड सेयर ११ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको छ ।
बैंकिङ समूह ३५ अंक, फाइनान्स ३८ अंक र निर्जीवन बीमा समूह पनि ३८ अंकले बढेका छन्। व्यापार समूह सर्वाधिक ८२ अंकले घट्दा जीवन बीमा समूह ३८ अंकले घटेको छ।

यसमा म्युचुअल फण्ड सहित २२२ कम्पनीका पाँच करोड ६० लाख कित्ता सेयर एक लाख १५ हजार पटक किनबेच भएका हुन्। कृषि विकास बैंकको सर्वाधिक ४६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल बैंक र एनआइसी एसिया बैंकको समान ३६ करोड रुपैयाँको सेयर किनबेच हुँदा ङादी ग्रुपको ३४ करोड र सिद्धार्थ बैंकको ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

सिइडिबी हाइड्रोपावर, ङादी ग्रुप, पोखरा फाइानान्स र माउन्टेन हाइड्रोको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

हिमालयन पावर पार्टनर र बरुण हाइड्रोको सेयर मूल्य ३/४ प्रतिशतले घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रहँदा ८६ कम्पनीको मूल्य घटेको छ। ९१ कम्पनीको सेयर मूल्य बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री