शनिबार, ८ वैशाख २०८१

कक्षा १२ को परीक्षाको मिति तय

समयपोष्ट २०७८ साउन ५ गते १८:३७

Advertisement

कक्षा १२ को परीक्षाको मिति तय भएको छ ।

मंगलबार राष्ट्रिय परिक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए । जानकारी दिए ।

गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री