शुक्रबार, १६ चैत २०८०

शिल्पाका पति राज कुन्द्रा पक्राउ

समयपोष्ट २०७८ साउन ५ गते ८:२८

Advertisement

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । पोर्न फिल्मबनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यो मामिलामा पुलिसले उनलाई मुख्य आरोपी बनाएको छ ।

यसै बर्ष फेब्रुअरीमा उनीबिरुद्ध अश्लिल फिल्म बनाएको र एप मार्फत रिलिज गरेको उजुरी दर्ता भएको थियो । यसै मामिलामा राज कुन्द्रा मुख्य आरोपीको रुपमा पक्राउ परेका हुन् ।

राजकुन्द्राको बिरुद्ध आफुसँग प्रयाप्त प्रमाण भएको र उनलाई सोधपुछ गरिरहेको मुम्बई पुलिसले बताएको छ । मेडिकल परिक्षणपछि राज कुन्द्रालाई आज मंगलबार कोटमा पेस गरिनेछ ।

मुम्बई पुलिस ब्रान्चमा गत फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र त्यो अलग अलग ओटीटी प्लेटफर्ममा रिलिज गरिएको केस दर्ता भएको थियो । यो मामिलामा पुलिसले बिभिन्न ठाउँमा छापा मारेर पहिले नै ४ ब्यक्ति पक्राउ गरिसकेको छ । पक्राउ आरोपीको बयान अनुसार र टेक्निकल एविडेन्सको आधारमा राज कुन्द्रालाई पक्राउ गरिएको हो । पुलिसको जाचमा राज कुन्द्रा मुख्य दोसी पाइएको छ ।

हटसट नामक एक एप बनाएको र उक्त एपमा फिल्म राख्दै मानिससँग पैसा उठाएको र एमका मालिक राज कुन्द्रा भएको आरोप पुलिसको रहेको छ । राज कुन्द्राले भने आफ्नो एपसँग कुनै पनि लेनदेन नभएको दावी गरेका छन् ।

पुलिसका अनुसार मुम्बईमा कामको खोजीमा आउने सोझा सिधा केटीलाई यो कामका लागि फसाउने गरिएको छ । ठुलो फिल्ममा काम लगाउने बहानामा समेत अश्लिल फिल्ममा काम गराउने गरिएको छ । फिल्म बनेपछि मोवाईल ऐप तथा ओटीटी प्लेटफर्ममा रिलिज गरेर लाखौ कमाउने गरिएको छ ।

मुम्बईको मलाड वेस्टको मढ गाउँको एक घर भाडामा लिइएको थियो । जसमा अश्लिल फिल्म छायाँकन भएको थियो । एपीआई लक्ष्मीकान्त सालुखेले उक्त बंगलामा छापा मारेको समय पनि अश्लिल फिल्मको सुटिङ चलिरहेको थियो । सो क्रममा आरोपीले एकमात्र नभएर कयौ एपमा यस्ता फिल्म रिलिज गर्ने गरेको समेत बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री