बुधबार, ५ वैशाख २०८१

कमल गौतमको नेतृत्वमा एभरेष्ट इन्स्योरेन्स पनि अर्बपति क्लबमा प्रवेश

समयपोष्ट २०७८ साउन २ गते ९:१५

Advertisement

कुनै समय निर्जीवन बीमा कम्पनीमा एक नम्बरमा रहेको एभरेष्ट इन्स्योरेन्सले फेरी पुरानो ब्राण्डलाई फर्काउने प्रयास गरिरहेको छ ।

पछिल्लो ४ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा कमल गौतमको प्रवेशसंगै कम्पनीले आफ्नो पुरानो ब्राण्डलाई फर्काउने प्रयासमा लागिपरेको हो ।

बीमा शुल्क आर्जनमा एभरेष्ट इन्स्योरेन्स अर्बपति क्लबमा प्रवेश गरेको छ । एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । चालु आर्थिक वर्ष सकिन १ दिन अगाडि नै १ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री