शुक्रबार, १६ चैत २०८०

सेन्ट जेभियर्समा गोलाप्रथाद्वारा विद्यार्थी भर्ना !

समयपोष्ट २०७८ असार १९ गते १५:२४

Advertisement

ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले यस वर्ष गोलाप्रथाद्वारा विद्यार्थी भर्ना गरेको छ ।

शुक्रबार स्कुलको हलमा एक कार्यक्रमको आयोजना गरी उक्त गोलाप्रथाद्धारा विद्यार्थी छनौट गरेको हो । यसअघि उत्कृष्ट प्राप्ताङ्कका आधारमा कक्षा एकमा विद्यार्थी भर्ना गर्दै आएको सो विद्यालयले यस बर्ष भने

प्रवेश परीक्षामा ६० प्रतिशतसम्म अंक ल्याउने बालबालिकालाई गोलाप्रथामा समावेश गराएको थियो । ६ कोटा निर्धारण गरी गोलाप्रथाका लागि सिट छुट्याइएको थियो।

यसमध्ये दलित कोटामा ५ प्रतिशत अर्थात ८ जना विद्यार्थीका लागि सिट छुट्याइएको थियो भने एकल बुबाआमा र सीमान्तकृत वर्गका लागि १० प्रतिशत अर्थात १५ जना विद्यार्थीलाई सिट छुट्याइएको थियो। त्यस्तै ललितपुर महानगरपालिकाका लागि १० प्रतिशत अर्थात १५ विद्यार्थीका लागि सिट छुट्याइएको थियो।

त्यस्तै, सेन्ट जेभियर्स स्कुलमा पढ्ने सहोदर भाइबहिनीका लागि १० प्रतिशत अर्थात १५ सिट छुट्याइएको छ भने पूर्वविद्यार्थीका छोराछोरीका लागि १० प्रतिशत अर्थात १५ सिट छुट्याइएको थियो। यद्यपि पूर्वविद्यार्थीका छोराछोरीका लागि १५ सिट छुट्याइए पनि १० जनामात्र ‘सर्टलिस्ट’ भएकाले ५ जना विद्यार्थीको सिट साधारण कोटाकै लागि थपिएको थियो।

साधारण कोटाका लागि ९० सिट छुट्याइएकामा छात्र ५४ र छात्रा ३६ जनाका लागि सिट छुट्याइएको थियो। २२ जना विद्यार्थी भने शिक्षक र कर्मचारीका छोराछोरी र क्याथोलिक परिवारबाट स्वत: भर्नामा छानिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री