शुक्रबार, ७ वैशाख २०८१

पुन ‘टक अफ द टाउन’ बनिन् मेल वार्डमा पारदर्शी पीपीई सेट लगाएर चर्चामा आएकी यी नर्स

समयपोष्ट २०७७ साउन १२ गते १६:०९

Advertisement

केही महिना अघि पारदर्शी पीपीई सेट लगाएर मेल वार्डमा काम गर्न पुगेकी भनेर चर्चाको बिषय बनेकी रुसकी नर्स नादिया जुकोवा फेरी चर्चामा आएकी छिन् । उनी चर्चामा आउनुको कारण हो उनले पार्ट टाईम जवको रुपमा पाएको समाचार वाचिकाको काम ।

नादियालाई मस्कोको एक सय माइलको दुरीमा रहेको एक निजी च्यानलले एङ्करको रुपमा पार्ट टाइम जागिर दिएको छ । यहाँ उनी शुरुवाती क्रममा मौसम सम्बन्धी जानकारी दिन पर्दामा देखिने भएकी हुन् ।

पारदर्शी पीपीई किट लगाए पछि चर्चामा आएकी उनलाई एक रुसी स्पोर्टस् ब्राण्डले पनि मोडलिङको अफर गरेको छ । यद्दपि उनले आफूसँग समय नभएको भन्दै उक्त प्रस्ताव इन्कार गरेकी छन् । नादिया नर्सका रुपमा नै काम गरिरहने बताएकी छन् किनकी उनी डाक्टर बन्ने तालिम लिइरहेकी छन् ।

समाचार वाचिकाको रुपमा आफ्नो भूमिकालाई लिएर उनले आफू उत्साहित भएको बताएकी छन् । उनले समाचार च्यानलप्रति आभार पनि जनाइन् र यस मौकाको पुरै फाइदा लिने बचन पनि दिइन् ।

रुसमा मे महिनामा कोरोना वार्डमा पारदर्शी पीपीई किट लगाउँदा उनको जागिर जाने हो कि भन्ने चिन्ता बढेको थियो । उनको यो रवैयाप्रति सामाजिक सञ्जालमा ठूलै बहस पनि भएको थियो । उनले यति धेरै पारदर्शी पीपीई लगाएको छु भन्ने भेउ नभएको तर भोलिपल्ट आफू अस्पताल पुग्दा ठूलै विषय बनेको बताइन् ।

नादियाको ड्रेसलाई लिएर रुसी स्वास्थ्य मन्त्रालयले अनुशासनात्मक कारबाही शुरु गरेको थियो । त्यति नै बेला उनको समर्थनमा अस्पतालका डाक्टर, सहकर्मीहरु र नेताहरु अगाडि बढे । उनीहरुले कोरोना भाइरसको वार्डमा काम गर्नेहरुलाई उचित पीपीई किट उपलब्ध गराउन माग गरेका थिए । उनले लगाएको पीपीई सेट पातलो भएका कारण स्वास्थ्यकर्मीलाई हानी गर्न सक्ने भन्दै नादियाका समर्थकहरुले यस्तो माग गरेका थिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री