शुक्रबार, ७ वैशाख २०८१

एक महिना अघि दाजुको मृत्यु जसरी भयो भाईको पनि त्यसै गरी गयो ज्यान

rss २०७७ असार ३० गते २०:४२

Advertisement

झापाको मेचीनगर नगरपालिका–९ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज सोही स्थानका ६४ वर्षीय बद्रीप्र्रसाद थपलियाको मृत्यु भएको छ ।खेतमा पानी मिलाउने क्रममा आफैँले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो । सोमबार बेलुका ५ः४५ बजेको समयमा अचानक करेन्ट लाग्दा उहाँको मृत्यु भएको थियो । मृतक थपलियाको मेची अञ्चल अस्पतालमा शवपरीक्षणपछि आजै दाहसंस्कार गरिएको छ ।

एघार महिनाअघि मात्र मृतकका दाजु गङ्गा थपलियाको पनि करेन्ट लागेरै मृत्यु भएको थियो । स्थानीयवासी जानुका ओलीका अनुसार उहाँको पनि आफैँले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी खेतमा पानी लगाउने क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री