बुधबार, १२ वैशाख २०८१

देवः विकास बैंकलाई प्राप्ति गरेपछि कुमारी बैंकको एकिकृत कारोबार सुरु

समयपोष्ट २०७७ असार २८ गते १७:३१

Advertisement

देवः विकास बैंकलाई प्राप्ति गरेपछि कुमारी बैंकको आइतबारबाट एकिकृत कारोबार सुरु भएको छ ।

कुमारी बैंकको टंगालस्थित प्रधानकार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणा र साविकको देवःविकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ (अ प्रा) ले संयुक्त रुपमा एकिकृत कारोबारको सुरुवात गरेका हुन् ।

देवलाई प्राप्ति गरेपछि कुमारीको कूल निक्षेप १२४ अर्ब रुपैयाँ, कूल कर्जा प्रवाह ११२ अर्ब रुपैयाँ पुगेको छ। चुक्ता पूँजी १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। बैंकको कूल शाखा तथा एक्सटेन्सन काउन्टरको संख्या २१६, एटिएम संख्या १३८ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री