शुक्रबार, १६ चैत २०८०

तपाईको बच्चा जिद्दी स्वभावको छ ? अव यी टिप्स अपनाएर सुधार्नुस्

समयपोष्ट २०७७ असार २७ गते ९:१०

Advertisement

आमाबुवा नै बच्चाहरूको पहिलो शिक्षक हुन् । बच्चाहरूले सबभन्दा धेरै समय आफ्नै आमाबुवासँग बिताउँछन् र बाल्यकालमा बच्चाले सिक्ने भनेकै आमाबुवाबाट हो । त्यसैले प्रत्येक आमाबुवाले बच्चाहरूलाई राम्रो संस्कार दिनुपर्छ । बच्चाले केही गल्ती गरेमा मानिसहरूले आमाबुवाले संस्कार नसिकाएर नै त बिग्रेको हो भनिदिन्छन् । कुनै कुनै बच्चा चाहिँ असाध्यै जिद्दी हुन्छन् । अनि उमेर बढ्दै जाँदा उनीहरूको स्वभाव पनि बदलिन्छ । तपाईंको बच्चा पनि जिद्दी छ भने यहाँ बताइएका टिप्स अपनाएर सुधार्नुस् ।

बच्चाको सबै कुरा सुन्ने : हरेक बच्चाले आफना बाबा आमा संगै हुन अनि आफुलाई भरपुर समय दिऒस भन्ने चाहन्छ। स्वभावैले हर बच्चाहरु जिज्ञासु स्वभावका हुने हुनाले उनीहरुको मनमा अनेक कुराहरु खेलिरहेका हुन्छन। यदि बच्चाको हरेक मनोभावनालाई बुझेर उनीहरुको भावनको कदर गर्न सकेको खण्डमा बच्चामा हौशला बढ्ने र कम जिद्दी स्वभावको हुने गर्दछ।

आफ्नो पुरा समय दिने : बच्चाहरुलाइ  मोबाइल , खेलौना भन्दा पनि अभिभावकको जरुरत पर्ने गर्छ।  सोहि अनुरुपले उसको चाहना बुझेर उसको साथमा खेल्ने , उसको कपडा सफा गर्ने , किताब मिलाउने , किचनमा जाने जस्ता काम गर्न सिकाउनाले बच्चामा राम्रो बानिको बिकास हुन्छ। यसका अलावा बच्चालाई घर भन्दा बाहिर खेल्न पनि पठाउनु पर्छ , जसले गर्दा बच्चामा समाजमा घुलमिल हुन सक्ने बानीको समेत विकास हन्छ।

राम्रो व्यवहार देखाउनुस् : बच्चाले जे मन लाग्यो त्यही गर्न थाल्यो भने उसलाई ठटाएर वा बेस्सरी गाली गरेर आफ्नो क्रोध उसमाथि नउतार्नुस् । यसले बच्चामा खराब असर पार्छ । उसको कोमल मनमा के गढ्छ भने आफूले जे गरे पनि पिटाइ खाइहालिन्छ र ऊ जिद्दी हुँदै जान्छ । त्यसैले बच्चालाई प्रेमपूर्वक सम्झाउनुस् ।

बच्चाको साथी बन्नुस् : बच्चालाई के मन पर्छ के मन पर्दैन त्यसको पूर्ण विचार गर्नुस् । समय निकालेर उससँग खेल्नुस् र खेलखेलमै उसलाई ज्ञानका कुरा सिकाउनुस् । यसले गर्दा बच्चा तपाईंको निकट हुन्छ र उसले जिद्दी ग–यो भने पनि तपाईंले उसलाई सजिलै सम्झाउन सक्नुहुन्छ ।

सही शारीरिक भाषा : कहिलेकाहीँ स्कूलमा वा घरमा मानिसहरू सानो सानो कुरामा बच्चालाई पिटिरहन्छन् । यसो गर्दा बच्चा इरिटेट हुन्छ । त्यसैले बच्चाँग सही बडी ल्याङ्ग्वेज वा शारीरिक भाषा अपनाउनुपर्छ । नभए बच्चाले खराब बानी सिकेर तपाईंको नक्कल गर्न थाल्छ ।

रोलमोडल बन्नुस् : बच्चालाई दिनदिनै केही न केही नयाँ कुरा सिकाउनुस् । तपाईं असाध्यै व्यस्त हुनुहुन्छ भने पनि सप्ताहान्तमा बच्चाका लागि समय अवश्य निकाल्नुस् । बच्चालाई एक्लोपनको अनुभव हुन नदिनुस् । तपाईंलाई उसलाई ध्यान दिनुभयो भने उसले तपाईंसँग नजिकिन मन पराउँछ ।

बच्चालाई सरप्राइज दिनुस् : आमाबुवाले समय छुट्ट्याउन नसक्दा बच्चाहरूले आफूलाई उपेक्षित ठान्छन् । त्यसले गर्दा उनीहरूको व्यवहारमा परिवर्तन आउन थाल्छ । त्यसैले विद्यालयमा बच्चाहरूले राम्रो प्रदर्शन गरे भने समयसमयमा उसले चाहेको जस्तो वस्तु ल्याएर दिनुस् । उसको हरेक क्रियाकलापमा तपाईंको नजर छ भन्ने अनुभव गराउनुस् । मौका आउनेबित्तिकै प्रशंसा गर्न नभुल्नुस् ।

प्रेमपूर्वक सम्झाउनुस् : बच्चाले गलत क्रियाकलाप ग–यो वा कुनै कुराका लागि जिद्दी ग–यो भने आँखा तर्नुभन्दा प्रेमपूर्वक सम्झाउनु ठीक हुन्छ । बच्चालाई उसकै अगाडि अर्को बच्चासँग तुलना नगर्नुस् । ऊ तपाईंका लागि विशेष हो भनी सम्झाउनुस् । यसो गर्दा बच्चा तपाईंनिकट हुन्छ र उसको खराब व्यवहार पनि सुध्रिन्छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री