बिहीबार, ६ वैशाख २०८१

अजोड इन्स्योरेन्सको आईपिओमा पहिलो दिन नै १.८३ गुणा बढी आवेदन

समयपोष्ट २०७७ असार २५ गते २०:०२

Advertisement

अजोड इन्स्योरेन्सले आजबाट ३० करोड बराबरको ३० लाख कित्ता साधारण सेयर जारी गरेको छ ।

निष्काशन गरेको पहिलो दिन नै कम्पनीको सेयरमा १.८३ गुणा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बिहिबार बेलुका ५ बजेसम्ममा १ लाख २९ हजार बढी लगानीकर्ताले करिब ५० लाख कित्ता बढी शेयरको लागि आवेदन दिएका छन् ।

कम्पनीले आज असार २५ गतेदेखि देखि साधारण सेयर बिक्री खुला गरेको हो । ३० करोड बराबरको ३० लाख कित्ता साधारण सेयरमध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी २७ लाख ३० हजार कित्ताको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले असार २९ गतेसम्म आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री