शनिबार, ८ वैशाख २०८१

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश नं. २ लाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग

समयपोष्ट २०७७ असार २५ गते १३:५९

Advertisement

ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ को सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ ।
बुधबार बैंकको प्रदेश नं. २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश नं. २ का माननीय मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिनुभयो ।

बैंकले, कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री