बिहीबार, १५ चैत २०८०

साउन ७ भित्र विद्युत् महसुल तिरे जरिवाना नलाग्ने

समयपोष्ट २०७७ असार २४ गते १६:३३

Advertisement

यही साउन ७ गतेभित्र विद्युत् महसुल तिरे जरिवाना नलाग्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको १९ असारको निर्णयबाट ७ साउन भित्रमा चैत यताको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने व्यवस्था गरिएको हो । निर्धारित समयभित्र भुक्तानी नगरेमा भने जरिवाना लाग्ने व्यवस्था छ ।

यससंगै चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना लाग्ने छैन । तर नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो । सरकारले अहिलेकै रुपको लकडाउनलाई ७ साउनसम्म निरन्तरता दिएको छ ।

सरकारले लकडाउन अवधि लम्बाएपछि प्राधिकरणले पनि सोहीअनुसार महसुलमा जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री