शुक्रबार, १६ चैत २०८०

भारत सरकारको आर्थिक सहयोगमा निर्मित महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको उद्घाटन

समयपोष्ट २०७७ असार २४ गते १५:५२

Advertisement

भारत सरकारको सहयोगमा निर्मित श्री महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको औपचारिक उद्घाटन गरिएको छ ।

बुधबार मुगु जिल्लाको रातापानीमा अवस्थित भवनको गाउँ विकास परिषद्, विद्यालय व्यवस्थापन समिति र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिहरुद्धारा भिडियो कन्फरेन्स मार्फत समुद्धघाटन गरिएको हो ।

उक्त भवन नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत ने.रु ३५.११ मिलियन लागतमा निर्माण गरिएको हो ।

सन् २००७ मा स्थापना भएको यस क्याम्पस समुदायको स्वामित्वको शैक्षिक संस्थान हो । विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट स्वीकृति प्राप्त सो क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्घ रहेको छ । क्याम्पसले चार वर्षे स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ । हुम्ला र बाजुरा लगायत २४ भन्दा बढी गाविसका विद्यार्थीहरु अध्ययनरत यस क्याम्पसमा योग्य विद्यार्थीहरुका लागि विविध छात्रवृत्तिको व्यवस्था पनि रहेको छ ।

नयाँ प्रशासकीय तथा शैक्षिक भवन निर्माणको कार्यान्वयन जिल्ला समन्वय समितिले गरेको हो ।यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री