शुक्रबार, ७ वैशाख २०८१

प्रेम सम्बन्ध विच्छेदपछि….

समयपोष्ट २०७७ असार २४ गते ८:२२

Advertisement

बलिउड अभिनेत्री कैटरिना कैफले प्रेम सम्बन्ध टुट्दा त्यसको असर लामो समयसम्म पर्ने बताएकी छन् । अभिनेता रणवीर कपुरसँग आफ्नो प्रेम सम्बन्ध विच्छेद हुँदा केही समय आफूलाई निकै गाह्रो भएको उनले बताएकी छन् ।

पछिल्लो समय अभिनेता रणवीर अभिनेत्री आलिया भट्टसँग प्रेम सम्बन्धमा छन् । यी दुईको सम्बन्धलाई उनले ठूलो रूपमा लिएकी छैनन् । आलिया र रणवीरको प्रेमबारे एक मिडियाको जिज्ञासामा उनले खुलेर बोल्न चाहिनन् ।

अरू कोसँग कसको प्रेम सम्बन्ध कस्तो चलिरहेको छ भन्दा पनि अहिले आफू आफ्नो करिअर बनाउने पक्षमा रहेको बताएकी छन् । अहिले आफू त्यस्ता कुरामा सोचेर समय फल्न भन्दा पनि काममा केन्द्रित भएको उनले बताएकी छन्, ‘आजकाल मेरो जीवनको ८० प्रतिशत समय काममा केन्द्रित हुने गरेको छ । २० प्रतिशत समय मात्र निजी जीवनको सोचाइमा खर्चने गरेको छु ।’ आफू काममा पूर्ण व्यस्त रहेर निजी जीवनका कतिपय कुरा भुल्न खोजेको पनि उनले बताएकी छन् ।

प्रेम सम्बन्ध विच्छेदको बारेमा आफ्ना सचाई फरक रहेको उनले बताएकी छन् । यसअघि आफूले आफ्नो र रणवीरको प्रेम सम्बन्ध ब्रेकअप हुन्छ भन्ने कुरा कल्पनासमेत नगरेको तर प्रेम सम्बन्ध विछोडपछिको आफ्नो अवस्था भयानक भएको पनि उनले बताएकी छन् । प्रेम सम्बन्ध टुटेपछि संसार खतम भएको महसुस हुन्छ । त्यसपछि फेरि नयाँ जीवन तया सिराबाट सुरु गर्नुपर्ने पनि यी अभिनेत्रीले बताएकी छन् । अहिले आफू जुन पथमा हिँडेको छ, यो पथमा सबै कुरालाई भुल्दै जाने पनि उनले बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री