बुधबार, १२ वैशाख २०८१

परिवारकै हत्या गर्ने धम्की दिएर बानियाँटारमा १ बर्ष देखि बालिकामाथि यौनशोषण

समयपोष्ट २०७७ असार २१ गते १४:४५

Advertisement

परिवारको हत्या गर्ने धम्की दिएर दुई बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं बानियाँटारमा बसोबास गर्दै आएका १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा आफूलाई विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबर बताउने अर्जुन शिवाकोटीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शिवाकोटीले परिवारकै हत्या गर्ने धम्की दिएर १४ वर्षीया बालिकालाई एक वर्ष अघिदेखि यौन शोषण गर्दै आएको बताईएको छ । सोही कारण उनी डिप्रेसनको शिकार समेत भएकी छिन् । पिडित बालिकाकी बहिनीलाई समेत दुर्व्यवहार गर्न थालेपछि परिवारले घटनाको बारेमा चाल पाएको बताईएको छ ।

आमालाई घटनाबारे बताएपछि शिवाकोटीले प्रहरी प्रशासनसँग चिनजान भएको बताउँदै उल्टै पिडित बालिकाकी बुवालाई धम्क्याएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री